Logo
Logo

लुम्बिनीमा एमालेका ४ मन्त्रीले दिए राजीनामा


630
Shares

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चार जना मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती र स्वास्थ्यमन्त्री खेम सारु रहेका छन् ।

पार्टीको निर्देशनबमोजिम आज मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामापत्र बुझाएको मन्त्री ढकालले जानकारी दिए । मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री रहेका थिए । एमालेले नयाँ मन्त्रीहरू पठाउन हाल रहेका चार जनालाई राजीनामा दिन लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्