
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन् । पाँच दिने औपचारिक भारत भ्रमणमा रहेका लामिछानेले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन् ।
लामिछानेसँगको भेटवार्तापछि मोदीले सामाजिक सञ्जालमार्फत खुशी लागेको जनाएका छन्। उनले साझा समृद्धिका लागि नेपालसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।
मोदीले लेखेका छन्, ‘साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई म स्वागत गर्दछु र यसमा मेरो पूर्ण सहमति छ ।’














