Logo
Logo

११ महिनामा भेटिए हराएका ५९२ वटा दुईपाङ्ग्रे गाडी


0
Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलले गएको साउनपछि ५९२ वटा मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।

उपत्यकाका विभिन्न ठाउँबाट चोरी भएकामध्ये आज ४० वटा फिर्ता गरेसँगै साउनपछि फिर्ता गरिएका मोटरसाइकल तथा स्कुटरको सङ्ख्या ५९२ पुगेको हो ।

कार्यक्रममा कार्यालय प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले असुरक्षित पार्किङका कारण मोटरसाइकल तथा स्कुटर चोरी हुने भएकाले सुरक्षित ठाउँमा मात्र पार्किङ गर्न आग्रह गरे । पार्किङ गर्दा सीसीटीभी क्यामेराको निगरानी रहेको ठाउँ छनोट गर्न, ह्यान्डिल लक तथा अन्य सुरक्षा प्रणाली प्रयोग गर्न र गाडीमा जीपीएस जडान गर्न उनको सुझाव छ ।

ट्राफिक प्रहरीले गाडी चोरी भएमा वा हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा सम्पर्क गर्न वा नजिकको प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्