Logo
Logo

फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.८ रेक्टर स्केलको भूकम्प


189
Shares

काठमाडौं । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्डानाओमा सोमबार बिहान ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।

The current image has no alternative text. The file name is: earthquake-bhukampa-vukampa.jpg

अमेरिकाको भूगर्भ सर्वेक्षण संस्थाका अनुसार भूकम्प जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा केन्द्रित भएर गएको हो ।

भूकम्पपछि फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प अध्ययन संस्थाले सुनामीको चेतावनी जारी गरेको छ । संस्थाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ तत्काल स्थानान्तरण हुन आग्रह गरेको छ ।

भूकम्पबाट भएको क्षतिको विवरण भने तत्काल प्राप्त हुन सकेको छैन । सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रको अवस्था मूल्याङ्कन गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्