Logo
Logo

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची


756
Shares

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक सुरु हुँदै छ । 

The current image has no alternative text. The file name is: parliyament.jpg

आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै आज आ.व.२०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने र भने अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । 

त्यस्तै अर्थमन्त्री डा। वाग्लेले विनियोजन विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, विनियोजन विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसैगरी अर्थमन्त्री डा.वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै उनले आजै नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्