Logo
Logo

काँग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन


630
Shares

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने तोकिएको समयसीमा आज सकिँदै छ । निर्धारित समयावधि जेठ २८ गते राति १२ बजेसम्म रहेको महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले जानकारी दिँदै समयमै प्रक्रिया पूरा गर्न अपिल गरेका छन् ।

The current image has no alternative text. The file name is: Congress_91767856316.jpg

उनका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ जना सदस्यमध्ये हालसम्म ४ लाख ५७ हजार ३६६ जनाले सदस्यता परिचय नम्बर प्राप्त गरिसकेका छन् । त्यस्तै १ लाख २४ हजार ७४८ जनाले स्वयं विवरण भरी अद्यावधिक प्रक्रियामा रहेका छन् ।

सम्बन्धित सबै क्रियाशील सदस्यलाई तोकिएको समयसीमा भित्र आफ्नो सदस्यता अद्यावधिक कार्य सम्पन्न गर्न आग्रह गरिएको छ ।

आज तोकिएको समयसम्म क्रियाशील सदस्यता अद्यावधिक नगरेमा आगामी महाधिवेशनमा भाग लिन नपाइने काँग्रेसले स्पष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्