Logo
Logo

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले शून्यबाट काम सुरु गर्ने


504
Shares

काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफूले पहिलो दिन गरेका निर्णय सार्वजनिक गरेका छन् । मन्त्री पुनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु गरिएको जानकारी गराएका हुन् । 

The current image has no alternative text. The file name is: mahabir-pun.jpg

‘पहिलो दिन चालेको कदमहरू९ विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शून्यबाट सुरु हुँदै छ । यो मन्त्रालय चलाउन अरू अरू मन्त्रालयजस्तो सबै कुरा तयारी अवस्थाका छैन । सर्वप्रथम विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक बनाउने निर्णय गरियो’, उनले लेखेका छन्, ‘अनि यो मन्त्रालय सुचारु रूपमा चलाउन कति कर्मचारी राख्ने, दरबन्दी कति चाहिने र काम कसरी छिटो र प्रभावकारी बनाउने भनेर सर्वेक्षण (ओ एन्ड एम) गर्ने निर्णय गरियो। विभिन्न मन्त्रालय अन्तरगत छरिएर भइरहेका अनुसन्धान तथा नवप्रवर्तनलाई कसरी प्रभावकारी रूपमा अगाडि बढाउने भन्ने कुरामा गहन छलफल तुरुन्त सुरु गर्ने निर्णय गरियो । हेर्दै जानुहोला ।’

प्रतिक्रिया दिनुहोस्