Logo
Logo

बालेन र स्वर्णिमप्रति झाँक्रीको कटाक्ष : मूर्खदेखि दैव डराउँछ


378
Shares

काठमाडौं । नेकपा (एमाले)की राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री डा, स्वर्णिम वाग्लेको कार्यशैलीप्रति कटाक्ष गरेकी छन् ।

The current image has no alternative text. The file name is: ramkumari-1.jpg

‘मूर्खदेखि दैव डराउँछ’ भन्ने उखान चरितार्थ भएको भन्दै झाँक्रीले प्रधानमन्त्री र अर्थमन्त्रीको कार्यशैलीको आलोचना गरेकी हुन् । उनले भनिन्, “प्रधानमन्त्री बालेन शाहले जेठ १७ गते संसद्मा दिएको अभिव्यक्तिले हामी सबैलाई लज्जाबोध भएको थियो । राष्ट्रविरोधी अभिव्यक्ति सच्याउन प्रधानमन्त्रीलाई संसद्मा आउन माग गरिएको थियो । तर त्यसक्रममा संसद् चल्न सकेन । ‘मूर्खदेखि दैव डराउँछ’ भन्थे, हो रहेछ ।”

झाँक्रीले अर्थमन्त्री स्वर्णिम वाग्लेले संसद्मा पेस गरेकोभन्दा फरक कर दरहरू कार्यान्वयनमा ल्याएको आरोप पनि लगाइन् । “यति मात्र होइन, भित्री सूचना चुहाएर देशको अर्बौँ रुपैयाँको राजस्व छली गर्ने केही व्यक्तिलाई लाभ पुर्‍याउने अवस्था सिर्जना गरिएको छ,” उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “यी र यस्ता विषयले संसद्मा पर्याप्त प्रवेश पाउनुपर्ने थियो, तर त्यसो हुन सकेन।”

उनले थप भनिनन्, “हामीलाई जनताको डर छ, तर यस्ता कुकर्मलाई अनदेखा गरेजस्तो भएको छ । अब हामीले संसद्को प्रभावकारिताका लागि विरोध र असहमतिको तरिका फेर्नुपर्नेछ । अब फेरौं ।”

प्रतिक्रिया दिनुहोस्