काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाह संसद्मा आएर आफ्नो अभिव्यक्ति सच्याउनु पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ आकस्मिक समयमा बोल्दै सांसद साम्पाङले प्रधानमन्त्री संसद्मा आएर नेपालले भारतको सीमा मिचेको भनेर दिएको अभिव्यक्ति सच्याउनु पर्छ भन्ने आफूहरूको माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।
सांसद राईले प्रतिनिधिसभाको बैठक समेत विधि अनुसार अगाडि बढ्नु पर्ने माग गरेका छन् । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पटक–पटक सीमासम्बन्धी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै संसद्मा विरोध समेत जनाउँदै आएको छ ।














