काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संसदीय समितिमा गएर झुट बोलेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले करको विषयमा आफूहरूले संसदीय छानबिन समितिको माग गरेको विषयमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको आरोप लगाउँदै आफूहरूले अर्थमन्त्रीलाई काम गर्न दिनु हुँदैन भनेर नभनेको स्पष्ट गरेका छन् ।
उनले महालेखा परीक्षकको रिपोर्ट उल्लेख गर्दै इभी गाडीहरुमा त्यसका क्षमतालाई तलमाथि गरेर मात्रै तातोपानी, कोरला र रसुवागढीबाट मात्रै दुई अर्ब ५० करोड ८३ लाख १६ हजार अघिल्लो सरकारले छुट दिएको र त्यसको छानबिन गर्नुअपर्छ भन्ने विषय आफूहरूले उठाएको बताए ।
उनले जेठ १ गतेदेखि १४ गतेसम्म ३ हजार सवारीसाधन नेपाल भित्रिएको बतौडिया गाडी २१ गते आए पनि भन्सार पास भने १४ गते भएको देखिएको बताउँदै करको दर थाहा नभई ति गाडीहरू कसरी आए भन्ने प्रश्न गरेका छन् ।














