Logo
Logo

रास्वपा सांसदले भने-सरकार जनता र सांसदलाई सुन्दैन


630
Shares

काठमाडौं । सत्तारुढदल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विपिन आचार्यले सरकारले संसद्को गरिमा घटाउने काम गरिरहेको बताएका छन् ।

The current image has no alternative text. The file name is: bipin-achrya.jpg

बिहीबार प्रतिनिधिसभाको ‘शून्य समय’मा बोल्दै आचार्यले सांसदहरूले उठाउने गम्भीर तथा जन पक्षीय मुद्दाहरूलाई सरकारले बेवास्ता गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले भने, “यदि शून्य समयमा हामीले बोलेका कुराहरू सुनिन्छन्, टिपिन्छन् र कार्यान्वयनमा जान्छन् भने यसलाई शून्य समय नभई पूर्ण समय भन्नुपर्छ  । तर जनताका पीडा र सांसदका प्रश्नहरू बोले पनि शून्यमै बिलाउने हो भने यसको नाम ‘ब्ल्याक होल समय’ राखौँ ।” ब्ल्याक होलमा प्रकाशसमेत हराउने वैज्ञानिक तथ्यको उदाहरण दिँदै आचार्यले भने, “संसद्मा नागरिकको आवाज, जनप्रतिनिधिको जबाफदेहिता र सरकारको जिम्मेवारी यस्तै गरी हराउनु हुँदैन ।”

“शून्य समय भनेको जनताको पीडा संसद्मा प्रवेश गर्ने संवैधानिक ढोका हो । तर ढोका खुलेपछि अगाडि बढ्ने बाटो पनि हुनुपर्छ,” उनले भने, “सांसद बोल्ने, सरकार नसुन्ने, जनता कराउने र व्यवस्था नसुन्ने यो पुरानो परम्परा अब अन्त्य हुनुपर्छ।”

प्रतिक्रिया दिनुहोस्