Logo
Logo

बालेन्द्र शाहजस्ता व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि दुर्भाग्य: सुवेदी


1.1k
Shares

काठमाडौँ । राष्ट्रिय सभाका सांसद तथा नेकपा संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले बालेन्द्र साहजस्तो व्यक्ति प्रधानमन्त्री हुनु नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य भएको टिप्पणी गरेका छन्।

The current image has no alternative text. The file name is: subedi.jpg

राष्ट्रिय सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्रीको कार्यशैली र अभिव्यक्तिको कडा आलोचना गरे। सुवेदीले प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवादबारे संसद्मा दिएको अभिव्यक्ति राष्ट्रियता विरोधी रहेको दाबी गर्दै त्यसलाई तत्काल संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरे।

उनले प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने अडान पनि राखे। “सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूजस्ता व्यक्ति प्रधानमन्त्री हुनु नेपाली जनताको लागि बडो ठुलो दुर्भाग्य हो,” उनले भने।

सुवेदीले नेपालले भारतको भूमि कहाँ र कति मिचेको हो भन्ने विषयमा प्रधानमन्त्रीले स्पष्ट प्रमाणसहित जवाफ दिनुपर्ने चुनौतीसमेत दिए।

उनका अनुसार राष्ट्रियता र मातृभूमिसँग सम्बन्धित विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिनु आपत्तिजनक हो। उनले संसद्को बैठकमा बोल्दै हाम्रा पुर्खाले बलिदान गरेर निर्माण गरेको देशमाथि कुनै पनि तहबाट आघात पुग्ने खालका टिप्पणी स्वीकार्य नहुने चेतावनी दिए।

सुवेदीले सरकारलाई संसद्प्रति पूर्ण रूपमा जबाफदेही बन्न आग्रह गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति तत्काल सच्याउन माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्