Logo
Logo

प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्न सर्वोच्चको आदेश


0
Shares

काठमाडौं । सर्वोच्च अदालतले प्रदर्शनीमार्गमा कुनै पनि सभा, भेला, आन्दोलन, नाराजुलुस, प्रदर्शनलगायतका कार्यक्रम नगर्न आदेश जारी गरेको छ ।

नियमित रुपमा हुने, भेला, आन्दोलन, नाराजुलुस लगायतले आफूहरुको पठनपाठनमा बाधा भएको भन्दै नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

न्यायाधीशहरु मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासले २३ पुस, २०८२ मा प्रदर्शनीमार्गमा पठनपाठनमा बाधा हुने गरी कुनै पनि क्रियाकलाप नगर्न निर्देशनात्मक आदेश जारी गरेको हो । सर्वोच्च अदालतले फैसलाको पूर्णपाठ बिहीबार सार्वजनिक गरेको हो ।

सर्वोच्च अदालतले अरु ठाँउमा समेत कार्यक्रम गर्दा शैक्षिक संस्था, अस्पताल लगायतका ठाउमा ध्वनी तथा वायु प्रदूषण नहुने सुरक्षाका उपायहरू अवलम्बन गर्न आदेश दिएको छ ।

प्रदर्शनी मार्गमा वरपर दुई विश्वविद्यालयका चार आंगिक क्याम्पसहरू छन् । नेपाल विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस र बाल्मिकी क्याम्पस र पदमोदय माविको पठनपाठन अवरुद्ध हुने भएपनि सर्वोच्चले प्रदर्शन र ध्वनी प्रदूषण हुने क्रियाकलापमा रोक लगाएको हो । त्यसबाहेक काठमाडौं मोडेल अस्पताल र नेपाल रेडक्रसको रक्तसञ्चार केन्द्र समेत प्रदर्शनीमार्गमै पर्छन ।

सर्वोच्च अदालतले समाजकल्याण परिषद्को स्वामित्वमा रहेको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सीमित प्रकृतिका क्रियाकलाप मात्रै गर्ने अनुमति दिनू भनी आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्