Logo
Logo

प्रतिनिधि सभा अन्तर्गतका दुई समितिको बैठक बस्दै


441
Shares

काठमाडौं । आज प्रतिनिधि सभा अन्तर्गतका दुई समितिको बैठक बस्दै छ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दै छ ।

The current image has no alternative text. The file name is: samsad-sachiwalaya.jpg

बिहान ९ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा त्रिभुवन, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अवस्था लगायत नेपालको हवाई उड्डयन यूरोपियन यूनियनको कालो सूचीबाट हटाउनका लागि मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको तयारी सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । 

त्यस्तै बिहान साढे ८ बजेदेखि बस्ने सार्वजनिक लेखा समितिको बैठकमा लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफलको कार्यसूची रहेको छ । 

प्रतिक्रिया दिनुहोस्