Logo
Logo

मानव अधिकार आयोगले दोषी करार गरेका गुरुङलाई गृहमन्त्री बनाएकोमा काँग्रेसको आपत्ति


441
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद भरतबहादुर खड्काले गृहमन्त्री पुन सधन गुरुङलाई बनाएको आपत्ति जनाएका छन् 

The current image has no alternative text. The file name is: bhart-.jpg

। 
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सम्पत्ति लगायतको अभियोग लागेका तथा मानव अधिकार आयोगले समेत जेनजी आन्दोलनको दोषी करार गरेका तत्कालीन गृहमन्त्री गुरुङलाई पुनः सोही जिम्मेवारी दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । सांसद खड्काले सरकारले दोषीमाथि कारबाही गर्नुको साटो पुरस्कार दिने काम गरिरहेको आरोप पनि  लगाए । सुशासनको गफ हाँक्ने सरकारले आफ्नालाई जोगाउने र पुरस्कार दिने काम गरिरहेको सांसद खड्काको भनाई थियो ।

उनले भने,‘माननीय गृहमन्त्रीज्यूमाथि सम्पत्ति लगायतका विषयमा प्रश्न उठेपश्चात् छलछाम समिति बनाइयो । सुनिन्छ उक्त समितिले चोख्यायो रे । उक्त प्रतिवेदन सार्वजनिक नगरी फेरी उहाँलाई गृहमन्त्री पुनः बनायो । एकातिर सुशासनको नारा अर्कोतिर आफ्नोलाई पुरस्कृत । अर्को मानव अधिकार आयोगको प्रतिवेदनको पनि उहाँ दोषी हो । सरकार आफैँ धामी । अनि आफैँ पुरस्कृत गर्दै हिँड्ने । अब क्रमभंगता र सुशासनको गफ हाँक्न छौडौ । कि आफ्नालाई जोगाउने, पुरस्कृति गर्ने काम गर्नु भएन ।’

सांसद खड्काले प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अडान पनि दोहोर्‍याए ।

प्रतिक्रिया दिनुहोस्