काठमाडौं । चर्चित सेफ सन्तोष साह पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले उनलाई गएराति जनकपुरबाट पक्राउ गरेको हो।

गैरीधारास्थित एक रेस्टुरेन्ट खरिद गर्दा बैंकिङ कसुर (चेक अनादर) गरेको आरोपमा साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीसँगै सोही कसुरमा नारायण साह पनि पक्राउ परेका छन्।
जिल्ला अदालत काठमाडौंको अनुमति लिएर उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले जानकारी दिए।














