काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी टुट्ने फुट्ने नहुने तर पुनर्गठन हुने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै भट्टराईले पार्टी पुनर्गठन हुने बताउँदै टुट्ने फुट्ने नहुने, सबै मिलेर एकताबद्ध हुने र सबैको सम्मान हुने टिप्पणी गरेका छन् । उनले साथै उनले मति सुध्रने र गति बढ्ने समेत उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘छोक, ढुक्क रहनुहोस, लोभ छैन, पाप छैन, पुनर्गठन हुनेछ, फुटने छैन, टुटने छैन, सबै मिल्ने छन्, थप एकताबद्ध हुनेछन्, सबैको सम्मान हुनेछ, मति सुध्रने छ, गति बढ्ने छ ।’














