Logo
Logo

रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी


441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । सभापतिका लागि वर्तमान सभापति मदन खड्का, नेता नन्दकिशोर बस्नेत (एनके) र कोषाध्यक्ष स्नेहा उपाध्याय को उम्मेदवारी परेको छ । खड्का र उपाध्याय सुर्खेतका हुन् भने बस्नेत दैलेखका हुन् ।

The current image has no alternative text. The file name is: rasapa-3.jpg

रास्वपाको कर्णाली समिति ४१ सदस्यीय हुने विधानको व्यवस्था छ । विधान अनुसार सभापति र सदस्यहरूको पहिलो चरणमा अधिवेशन हुनेछ भने दोस्रो चरणमा अन्य पदाधिकारीको लागि मतदान हुनेछ ।

प्रदेश समितिको पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री (फरक फरक लिङ्कको दुई जना), कोषाध्यक्ष र प्रवक्ता हुने व्यवस्था छ । कोषाध्यक्ष र वक्ता मनोनीत हुने विधानको प्रावधान रहेको छ । 

प्रतिक्रिया दिनुहोस्