Logo
Logo

मन्त्रालयगत बजेट छलफलमा मन्त्रीहरू नै अनुपस्थित, एमालेको मौन विरोध


252
Shares

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले प्रतिनिधिसभामा बजेटको मन्त्रालयगत शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू सबैको उपस्थिति नभएको भन्दै मौन विरोध गरेका छन् । 

The current image has no alternative text. The file name is: rajendra-rai.jpg

९ वटा मन्त्रालयको बजेटमाथि छलफल चलिरहेको  समयमा उनले रोस्टममा पुगेर ९ मन्त्रीहरू खोजेका हुन् । सो क्रममा उनले  विगतमा पनि आफूले अर्थमन्त्री खोजेको स्मरण गदै उनले आफूले मन्त्री खोजिरहेको जस्तो नबुझ्न आग्रह गरे ।

जुन विषयमा बोलेर जसलाई सुनाउन खोजेको हो त्यो नहुने भएपछि बोल्नु र नबोल्नुको अर्थ नहुने उनले बताए ।  विधिको कुरा भएको भन्दै उनले भने, ‘विधिपूर्वक संसद् चलाउने हो भने ९ जना मन्त्री हुनुपर्छ । अनि म कुरा राख्छु । विधि पूर्वक डाक्नुहुन्न भने मैले कसरी कुरा राख्ने रु’

पुराना दलले विधि नमानेको भनेर जनताले नयाँ खोजेको भन्दै उनले दोहोर्‍याए, ‘९ जना मन्त्री ल्याउनुस् । २ जना हुनुहुन्छ । अब ७ जना बोलाउनुस् म दनादन आफ्नो कुरा राख्छु ।’ सभामुखले आफ्ना कुरा राख्न आग्रह गरे पनि राईले मन्त्री बिना बोल्दै नबोल्ने अडान लिए ।

प्रतिनिधिसभामा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको बजेटमाथि छलफल चलेको हो ।

रोस्टममा राई मौन बसेपछि सभामुखले ‘उभिराख्दा अप्ठयारो भयो अगाडि बढ्नुस्’ भने । आफ्नो ध्यानाकर्षणल भएको बताए । तर, राईले थिति बिगार्न नहुने बताए । त्यसपछि सभामुख अर्यालले १५ मिनेटका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्