Logo
Logo

हर्क, कुलमान र बाबुरामसँग एकताका लागि सीके राउतले बनाए वार्ता कार्यदल


0
Shares

काठमाडौं । डा- सीके राउत नेतृत्वको जनमत पार्टीले  ‘राष्ट्रिय वैकल्पिक मोर्चा’ निर्माणका लागि वार्ता कार्यदल गठन गरेको  छन् ।

जनमतले श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग सम्भावित राजनीतिक सहकार्यका लागि पहल गर्ने वार्ता कार्यदल गठन गरेको हो । जनमतले नरेन्द्र चौधरीको संयोजकत्वमा तीन सदस्यीय वार्ता कार्यदल गठन गरेको जनमतका केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले जानकारी दिए ।

चौधरी नेतृत्वको कार्यदलमा डा। जयकान्त राउत र प्रमोदकुमार गुप्ता सदस्य छन् । कार्यदललाई सम्बन्धित राजनीतिक दलहरूसँग संवाद, छलफल र सहकार्यका सम्भावनाबारे आवश्यक पहल गर्ने जिम्मेवारी दिइएको छ । 

वैकल्पिक राजनीतिक शक्तिबीच सहकार्य, एकता र साझा राजनीतिक एजेन्डामार्फत देशमा नयाँ राजनीतिक विकल्प निर्माण गर्ने उद्देश्यका साथ मोर्चा गठनको पहल गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्