काठमाडौं । रास्वपा सुदूरपश्चिम प्रदेश सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन् । मङ्गलवार भएको निर्वाचनमा उनी ३५८ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी जनक सिंह धामीले १५४ मत पाएका हुन् । नवनिर्वाचित सभापति विष्ट यसअघि रास्वपा सुदूरपश्चिम प्रदेशको तदर्थ समितिका सभापति थिए ।
सुदूरपश्चिम कार्यसमितिका अन्य पदहरूको निर्वाचन भने आजै दिउँसो २ बजेपछि निर्वाचन हुनेछ । रास्वपाको सुदूरपश्चिम प्रदेश अधिवेशन सोमबारदेखि सुरु भएको थियो ।














