Logo
Logo

अध्ययन बिदा दुरुपयोग गर्ने ५० प्राध्यापकले फिर्ता गरे ११ करोड ८४ लाख


441
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र तलब भत्ता फिर्ता गर्न सूचना जारी गरेको छ ।अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिका संयोजक डा. जीवन काफ्लेका अनुसार अन्तिम पटक १५ दिनको समय दिइएको हो ।

The current image has no alternative text. The file name is: TU.jpg

समितिले खोजबिन गर्दा ३९८ जना प्राध्यापकले बिदाको दुरुपयोग गरेको पाइएको छ । यसबाट त्रिविलाई २ अर्बभन्दा बढी घाटा भएको छ । समितिका अनुसार हालसम्म ५० जनाले ११ करोड ८४ लाख रुपैयाँ फिर्ता गरेका छन् । रकम फिर्ता गर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. आनन्द चन्द (४४ लाख ५६ हजार) र नेपाली कांग्रेसका सांसद जगत तिमिल्सिना (३३ लाख ५) हजार० पनि छन् ।

त्रिविको नियमअनुसार अध्ययन बिदा लिएपछि तोकिएको अवधि सेवा गर्नुपर्ने हुन्छ । नफर्किएमा बिदामा लिएको तलब भत्ता १० प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने कबुलियतनामा हुन्छ । तर धेरैले राजीनामा दिएर रकम फिर्ता नगरेको पाइएको छ  ।

मानविकी सङ्कायमा ११४, विज्ञानमा १०६ र इन्जिनियरिङमा ९९ जना गरी विभिन्न सङ्कायका प्राध्यापक यो सूचीमा छन् । असार मसान्तसम्म समितिले प्रतिवेदन विश्वविद्यालयलाई बुझाउने छ । सरकारको निर्देशनअनुसार कानुनी प्रक्रिया अघि बढाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्