काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएसँगै प्रतिपक्ष दलहरूले विरोध जनाएको छ । प्रतिपक्षले पुरानै माग रहेको भन्दै विरोध जनाएको हो ।

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज सम्पाङले नेपाल भारतको सीमा विवादमा दिएको अभिव्यक्ति संसद्को रेकडबाट हटाउन माग गर्दै विरोध गरेका हुन् ।
विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति संसद्को रेकडबाट हटाउन माग गर्दै आएका छन् ।














