Logo
Logo

प्रधानमन्त्रीले लाइक र कमेन्टका लागि खेलाडीको फोटो राख्नुभयो, बजेट दिनु भएन : ऐन महर


378
Shares

The current image has no alternative text. The file name is: yen-mahar-1.jpg

काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले २०औँ एसियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहभागिता बजेट अभावका कारण अन्योलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

बुधवार संसद्‌मा बोल्दै महरले जापानमा आगामी सेप्टेम्बर १४ देखि अक्टोबर २ सम्म आयोजना हुने खेलका लागि खेलाडीहरूको राहदानी संकलन भइसके पनि बजेट अभावका कारण टोली वञ्चित हुने अवस्था आएको बताएका हुन् । 

उनले प्रधानमन्त्री बालेन्द्र शाहको फेसबुक कभर फोटोलाई लिएर कडा टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको फेसबुकमा महिला फुटबल टोलीको फोटो हुनु तर खेलका लागि बजेट नहुनु विडम्बनापूर्ण भएको महरको भनाइ रहेको छ । उनले भने भने, ‘त्यो फोटो आफ्नो फेसबुकको लाइक, कमेन्ट, सेयर र यसको फलोअर बढाउनका लागि थियो कि महिला खेलाडीहरूलाई सम्मान गर्ने र उनीहरूको खेलकुदको विकासलाई ध्यान दिनका लागि थियोरु म त्यो सोध्न चाहन्छु ।’

उनले प्रधानमन्त्रीले फेसबुकमा देखाएको विश्वास र सम्मान व्यवहारमा पनि देखिनुपर्ने माग गरेका छन् । उनले सरकारसँग बजेट अभावलाई बहाना नबनाई महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्