प्रधानमन्त्रीको गृह जिल्लामा राजतन्त्र पुर्नस्थापना माग गर्दै प्रदर्शन « Drishti News – Nepalese News Portal
Logo

प्रधानमन्त्रीको गृह जिल्लामा राजतन्त्र पुर्नस्थापना माग गर्दै प्रदर्शन


- दृष्टि न्युज/संवाददाता


झापा, २० मंसिर । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा राजतन्त्रको पुर्नस्थापना माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार शक्ति प्रदर्शन गर्दैछन् । पछिल्लो केही दिनयता मुलुकभर राजतन्त्र र हिन्दू राष्ट्रको माग गर्दै प्रदर्शन भइरहेको बेला झापामा पनि शक्ति प्रदर्शन गर्ने भएको हो ।
राजसंस्था र हिन्दूराष्ट्रको पुनर्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण र कोरोना व्यवस्थापनमा सरकारको असक्षमतामा केन्द्रीत रहेर प्रदर्शन गर्न लागेको राप्रपाका संघीय सांसद राजेन्द्र लिङ्देनले बताएका छन् । उनका अनुसार लिङ्देनका अनुसार काँकडभिट्टाबाट एकैसाथ मोटरसाइकल ¥याली निकालेर विर्तामोडमा आएर कोणसभा गर्ने कार्यक्रम छ । उनले आजको प्रदर्शनमा २० हजारभन्दा बढी सर्वसाधारण राजसंस्थाको पक्षमा सडकमा उत्रने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्