Logo
Logo

ओलीलाई नेतृत्व छाड्न कोसीका केन्द्रदेखि जिल्ला तहका नेताहरूको सुझाव  


0
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोसीका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरूले  नेतृत्व छोड्न सुझाव दिएका छन् ।

The current image has no alternative text. The file name is: koshi-1.jpg

विराटनगरमा भएको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन कार्यदलसँग उनीहरूले नेतृत्वको विकल्प खोज्नुपर्ने बताएका हुन् । उनीहरूले कम्युनिस्ट पार्टीमा व्यक्तिभन्दा आन्दोलन प्रधान हुने भएकाले आन्दोलनलाई अगाडि बढाउन पार्टी पुनर्गठन हुनुपर्ने बताएका हुन् । 

फागुन २१ को निर्वाचनमा प्रदेशका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवार भएकहरुले निर्वाचन समीक्षामा पार्टी पुनर्गठन गरेर जाँदा नै पार्टी बलियो हुने नेताहरूको भनाइ रहेको छ । 

सुझाव सङ्कलनका क्रममा दीपक कार्कीले ‘अब पनि नेतृत्व परिवर्तन नगरे कहिले गर्ने ?,’ भन्दै प्रश्न गरेका हुन् । अर्का एमाले नेता विनोद ढकालले केन्द्रीय नेतृत्व अध्यक्ष मात्र नभई सबै पदाधिकारी फेरेर जानुपर्ने धारणा राखे । उनले भने, ‘पदाधिकारीसहित सबैले जसअपजस लिनुपर्छ, त्यसैले अब दललाई नयाँ रूपमा अघि बढाउन अध्यक्षसहित सबै पदाधिकारी फेरेर जानुपर्छ।’ 

केन्द्रीय नेताहरूले मात्रै पार्टी पुनर्गठनको कुरा उठाएनन् जिल्ला तहका झापाबाहेकका सबै जिल्ला अध्यक्षहरूले पार्टीलाई नयाँ ढङ्गले लैजानुपर्ने सुझाव दिएका छन् । 

सोलुखुम्बुका जिल्ला अध्यक्ष डुक बाँस्तोलाले अहिले ओलीलाई बोकेर गाउँ जानसक्ने अवस्था नरहेको बताए । मङ्गलवार बिहानदेखि लिइएका सुझाव साँझसम्म चलेको थियो । कार्यदलका संयोजक पार्टी उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेललगायतका नेताहरू सुझाव सङ्कलनपछि उठेका विषयको जबाफ नदिई बुधवार बिहानै फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्