Logo
Logo

सङ्घीय संसद्का तीन समितिको बैठक बस्दै


189
Shares

काठमाडौं  । आज सङ्घीय संसद्का तीन समितिको बैठक बस्दै छ । आज प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समिति तथा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।

The current image has no alternative text. The file name is: Sanghiya-Samsad-17.jpg

बिहान ९ बजेदेखि बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको स्थलगत अनुगमन भ्रमण सम्बन्धमा छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

त्यसैगरी बिहान ११ बजेदेखि सुरु हुने राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट तथा वार्षिक कार्यक्रमको बारेमा मन्त्रीसँग छलफलको कार्यसूची रहेको समितिले जनाएको छ ।

त्यस्तै बिहान ११ बजेदेखि सुरु हुने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आगामी स्थानीय निर्वाचनको पुर्वतयारी सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्