Logo
Logo

मन्त्रीहरूले मर्यादा उल्लङ्घन गरेको भन्दै एमालेको नियमापत्ति


567
Shares

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा मन्त्रीहरूले संसदीय मर्यादा र नियमावलीको उल्लङ्घन गरेको भन्दै नियमापत्ति जनाएको छ ।

The current image has no alternative text. The file name is: yen-mahar.jpg

बिहीबारको बैठकमा मन्त्रीहरूले सभाको स्थापित नियम र गरिमाको बेवास्ता गरेको भन्दै एमाले मुख्य सचेतक ऐनबहादुर महरलेले सभामुखको ध्यानाकर्षण गराए । प्रतिनिधिसभा नियमावली २०७९ को नियम २० को खण्ड (६) बमोजिम नियमापत्ति जनाउँदै महरले मन्त्रीहरूले नै संसद्को गरिमा घटाउने काम गरेको आरोप लगाए। नियमावलीको त्यो बुँदामा ‘सभामुखको आसन तथा बोलिरहेको सदस्यको बिचबाट हिँड्न नहुने’ व्यवस्था छ ।

प्रतिनिधि सभाको आकस्मिक समयमा नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले संसद्मा आफ्नो धारणा राखिरहेका बेला दुई जना मन्त्रीहरू सभामुखको आसन र बोलिरहेका सांसद मल्लको बिचबाट हिँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्