Logo
Logo

सम्पत्ति छानबिनमा सरकारको कार्यशैलीमाथि गगनले उठाए प्रश्न


1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कानुनी प्रबन्ध नै नगरी गठन गरिएको भन्दै सम्पत्ति छानबिन आयोगको कार्यशैलिमाथि प्रश्न उठाउँदै आपत्ती जनाएका छन् । 

The current image has no alternative text. The file name is: gagan.jpg

शुक्रवार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेबल संवाद कार्यक्रममा ‍‍थापाले सरकारको शासकीय सुधारको कार्यसूचीमा आवश्यक कानुनी प्रबन्ध आयोग बनाउने उल्लेख भए पनि कानुनी प्रबन्ध नै नगरी आयोग गठन भएकाले यसको स्वतन्त्रता, स्वायत्तता र कार्यशैली भविष्यमा विवादास्पद हुन सक्ने बताएका हुन् ।

थापाले नेपालमा आर्जन गरेको तर विदेशमा लुकाएको सम्पत्ति छानबिन हुने गरी कानुनी आधार बनाउनुपर्ने धारणा अघि सारेका हुन् । थापाले हरेक प्रकरणको छानबिन हुनुपर्ने र दोषी देखिएका कारबाहीको दायरमा ल्याउनुपर्नेमा आफू प्रस्ट रहेको पनि बताए ।

राहदानी छपाइ प्रकरणमा पनि गल्ती गर्नेलाई कारबाही हुनुपर्ने भन्दै सरकारले कानुनी प्रक्रियाको ख्याल गर्नुपर्ने उनको भनाइ रहेको छ । 

उनले अहिलेका प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भइसकेपछि वैध स्रोत र करसम्बन्धी विषयमा प्रश्नहरू उठेकाले यसबारेमा पनि सम्बन्धित पक्षले स्पष्ट पार्नुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्