कठमाडौं । रास्वपा महाधिवेशनमा सहभागी हुनका लागि करिब ४ हजार प्रतिनिधिले सहभागीता शुल्क बुझाएका छन् । रास्वपाले प्रति प्रतिनिधि ५ हजार शुल्क तोकेको छ ।

जसमा ३ हजार ९९० प्रतिनिधिले सहभागीता शुल्क बुझाइसकेका छन् । ५ हजारका दरले प्रतिनिधिहरूबाट मात्रै १ करोड ९९ लाख ५० हजार रकम उठेको छ ।
उक्त तथ्याङ्क निर्वाचन आयोगलाई बुझाइएको र रुजु गर्ने प्रक्रियामा रहेमा रहेको उपसमिति संयोजक लिमा अधिकारीले जानकारी दिए । रास्वपाको महाधिवेशन भोलिबाट चितवनमा सुरु हुँदै छ ।














