Logo
Logo

पार्टीप्रति निष्ठा नभएकाले सङ्गठन अघि बढाउन सक्दैनन् : माधव नेपाल


630
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीप्रति निष्ठा, समर्पण र विश्वास नभएका व्यक्तिबाट सङ्गठन अघि बढ्न नसक्ने बताएका छन् । 

The current image has no alternative text. The file name is: madhab-kumar-nepal.jpg

शनिबार पेरिस डाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले पार्टीको अनुशासन र विचारलाई आत्मसात् नगर्ने प्रवृत्तिले राजनीतिक विकासमा बाधा पुग्ने बताए । उनले नेताको बाहिरी स्वरूप वा अनुहारभन्दा उसले अँगालेको विचार र दिने सन्देश नै महत्त्वपूर्ण हुनेमा जोड दिए । 

नेपालले पार्टीभित्र निरन्तर गुटबन्दी गर्ने, निराशा फैलाउने र झमेला सिर्जना गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताए । यस्ता नकारात्मक गतिविधि गर्ने व्यक्तिहरूलाई सूक्ष्म रूपमा चिन्न र हेर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । 

उनले भने, “जुन मानिसमा पार्टीप्रति निष्ठा छैन, समर्पण छैन र विश्वास छैन, त्यस्ता व्यक्तिहरूले पार्टीलाई अगाडि बढाउन सक्दैनन् । म फेरि जोड दिएर भन्न चाहन्छु-यो कुरा तपाईँहरूको दिमागमा राम्रोसँग बसोस् । नेताको अनुहारले मात्र हुँदैन । त्यो नेताले कस्तो विचार अँगालेको छ, कस्तो सन्देश दिइरहेको छ, पार्टीको अनुशासन पालना गर्छ कि गर्दैन, पार्टीको विचारप्रति प्रतिबद्ध छ कि छैन, सङ्गठनलाई अघि बढाउन रचनात्मक भूमिका खेलिरहेको छ कि सधैँ गुटबन्दी, निराशा र झमेलामा मात्र लागिरहेको छ-यी सबै कुरा हेर्नु, बुझ्नु र मूल्याङ्कन गर्नु आवश्यक छ।”  

उनले पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेता वामदेव गौतमको कार्यशैलीप्रति लक्षित गर्दै पार्टीको मूल विचारप्रति प्रतिबद्ध नभई सधैँ विवाद र गुटबन्दीमा अल्झिने नेताहरूले सङ्गठनलाई ठूलो क्षति पुर्‍याउने बताए । 

प्रतिक्रिया दिनुहोस्