Logo
Logo

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन


0
Shares

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री बालेन शाहले वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन गरेका छन् ।

The current image has no alternative text. The file name is: rastpati.jpg

शनिवार अपराह्न ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सहभागी भई जात्रा अवलोकन गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथ तथा जीवित देवी कुमारीको दर्शनसमेत गरे ।

परम्पराअनुसार रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याएको चौथो दिन भोटो देखाउने गरिन्छ । यस वर्ष पनि गुठी संस्थानका कर्मचारीले सर्वसाधारण र विशिष्ट व्यक्तिहरूको उपस्थितिमा भोटो प्रदर्शन गरेका थिए ।

नेपाली समाजमा रातो मच्छिन्द्रनाथलाई अन्नदाता, वर्षा गराउने तथा अनिष्ट र अनिकालबाट रक्षा गर्ने देवताका रूपमा मान्ने गरिन्छ। यही कारण यस जात्राको सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक महत्त्व विशेष रहेको छ ।

प्रतिक्रिया दिनुहोस्