
काठमाडौं । रास्वपा महाधिवेशनमा सहभागी हुन नेपाली कांग्रेसका सभापति गगन थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन चितवन पुगेका छन् ।
रास्वपाले गरेको निम्तो स्वीकार्दै थापा र लिङ्देन चितवन पुगेका हुन् । रास्वपाले अन्य दलका शीर्ष नेताहरूलाई पनि निम्तो पठाएको छ ।
रास्वपाको पहिलो प्रथम महाधिवेशन केहीबेरमा सुरु हुँदैछ । सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले संयुक्त रुपमा उद्घाटन गर्ने महाधिवेशन मंगलबारसम्म चल्नेछ ।














