Logo
Logo

हुम्लाको श्रीनगर केन्द्रबिन्दु भएर भूकम्प गयो


756
Shares

काठमाडौं । हुम्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर आज ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । आज दिउँसो २ः ३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यद्यपी, भूकम्पबाट भएको सम्भावित क्षतिको कुनै विवरण भने प्राप्त भएको छैन ।

प्रतिक्रिया दिनुहोस्