
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाले ४ वर्षमै पाएको जनसमर्थन लोभलाग्दो रहेको भन्दै प्रशंसा गरेका छन् ।
रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना दिन भरतपुर पुगेका सभापति थापाले रास्वपाको जनसमर्थनलाई मुक्तकण्ठले प्रशंसा गरे । उनले भने, ‘पार्टी गठन भएको ४ वर्षमै तपाईंहरूले जुन जनसमर्थन पाउनुभएको छ । यो लोभलाग्दो छ । म मुक्तकण्ठले प्रशंसा गर्दछु ।’
रास्वपाले प्राप्त गरेको जनमत असाधारण रहेको उनले बताए । इतिहासमा करिब तीन चार पटकमात्रै राजनीतिक दलले यस्तो जनमत पाएको भन्दै ती प्राय सबै दुर्घटनामा परेको स्मरण गराए ।














