Logo
Logo

रास्वपा महाधिवेशनमा रोचक दृश्य : रवि-बालेनको डमी


693
Shares

चितवन । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन आइतबार चितवनमा भव्य रूपले गरेको छ । जिल्ला प्रहरी कार्यालयको अगाडिपट्टि रहेको गेस्ट हाउस चौरमा सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका थिए ।

The current image has no alternative text. The file name is: rabi-balen.jpg

उद्घाटन समारोहमा आमन्त्रित पाहुनाहरूले पनि संयुक्त रूपमा घण्टी बजाउँदा महाधिवेशनमा उपस्थितहरूले ताली बजाएर स्वागत गरेका थिए । रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति गगन थापा, नेकपा एमाले नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष डा।सीके राउत र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको उपस्थिति थियो ।

उद्घाटन समारोहमा सबैभन्दा आकर्षणको केन्द्र सभापति रवि र वरिष्ठ नेता बालेन नै थिए । रास्वपामा समायोजन भएपछि पार्टी गतिविधिमा विरलै देखिएका बालेन महाधिवेशनमा सहभागी हुन्छन् कि हुँदैनन् ? सहभागी भएपछि सम्बोधन गर्छन् कि गर्दैनन् भन्नेमा धेरैको चासो थियो । 

महाधिवेशनमा रोचक बनेको अर्को विषय थियो-रवि र बालेनको डमी गटेअफमा आएका रूपन्देहीका विष्णु घिमिरे । उनी बालेनको गेटअपमा महाधिवेशनमा आएका थिए । सँगै रविको गेटअपमा अर्का एक युवा थिए । दुवै जनाले आफ्नो परिचय दिन मानेका थिएनन् । अन्त्यमा बालेनका डमीले आफू बालेनको फ्यान भएर गेटअफ नक्कल गरेको जवाफ दिएका थिए । 

एकसाथ डमी रवि र बालेन देखिँदा फोटो खिच्नेको तँछाडमछाड थियो । तर तल दर्शक दीर्घबाट डमी रवि–बालेनले वास्तविक रवि बालेनलाई नै नियालिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्