Logo
Logo

यस्तो छ रास्वपा महाधिवेशनको दोस्रो दिनको कार्यतालिका


126
Shares

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको दोस्रो दिनको कार्यतालिका सार्वजनिक भएको छ ।

The current image has no alternative text. The file name is: raswopa-mahadebishan-chitwan.jpg

दोस्रो दिनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुँदै छ । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आज दोस्रो सत्रको प्रारम्भ बिहान साढे ८ बजेदेखि हुनेछ । दोस्रो दिन अनुशासन आयोगले प्रतिवेदन प्रस्तुत गर्ने छ भने त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । त्यसपछि १० बजेदेखि १० : ४५ बजेसम्म महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन् र त्यसमा छलफल हुने छ ।

त्यस्तै आज ११ : ४५ बजेदेखि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् ।  प्रतिवेदन पारित गरेपछि पार्टीको अन्तरिम व्यवस्थापन समिति घोषणा गरेर आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने महामन्त्री बुर्लाकोटीले जानकारी दिएका छन् । 

त्यसपछि रास्वपाको निर्वाचन आयोगले यस अघि सार्वजनिक गरेको कार्यतालिका अनुसारको निर्वाचनको प्रक्रिया सुरु हुने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्