Logo
Logo

गर्भवती महिलाको सेनाले हेलिकप्टरमार्फत उद्धार


315
Shares

हुम्ला । सुत्केरी व्यथाले थलिएकी हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-१ हेक्का निवासी २८ वर्षीया सरिता लामाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाएको छ ।  

The current image has no alternative text. The file name is: helicopter.jpg

उनलाई सोही दिन बेलुका हुम्ला जिल्ला अस्पतालमा सुत्केरी गराउन सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाको सिफारिसमा प्रदेश अस्पताल सुर्खेत पठाइएको हो । 

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख उमाकान्त तिवारीले  रक्तचाप  बढेर १७०/१२० पुगेको थियो । उपचारका क्रममा उनी बेहोस भएको र पाँचपटकसम्म झड्का आएको उनले बताए । 

डा तिवारीका अनुसार लामाको गर्भमा रहेको बच्चा ३१ हप्ताको मात्रै रहेको छ । भिडियो एक्सरे जाँच गर्दा बच्चाको तौल करिब १२ सय ग्राम मात्रै देखिएको र बच्चाको तौल कम भएकाले थप उपचारको आवश्यक रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्