काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बताएका छन् । महाधिवेशनस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । झा हाल कुनै पनि लाभको पदमा छैनन् ।

आइतबारबाट सुरु भएको रास्वपाको महाधिवेशनमा बन्दसत्र सुरु हुँदै छ । भोलिबाट निर्वाचन प्रक्रिया सुरु हुने कार्यतालिका छ । पार्टी सभापतिमा भने रवि लामिछाने नै दोहोरिने छन् । त्यस्तै,पार्टीको वरिष्ठ नेतामा प्रधानमन्त्री तथा हालका वरिष्ठ नेता बालेन शाहनै दोहोरिने छन् ।














