Logo
Logo

राहदानी प्रकरणमा सिद्धार्थ र मनिन्द्रविरुद्ध पनि भ्रष्टाचार मुद्दा


945
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी प्रकरणमा जोडिएका जर्मन कम्पनीका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र मनिन्द्र राज मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सिद्धार्थ पासपोर्ट ठेक्का लिने जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि हुन् । उनी कांग्रेस सांसद सुनील थापाका छोरा समेत हुन् । त्यस्तै मल्ल जर्मन कम्पनी म्यूलबैरका नेपाल प्रतिनिधि हुन् । मल्ललाई अख्तियारले पक्राउ गरिसकेको छ । थापा भने सम्पर्कविहीन छन् ।

अख्तियारले आजै पासपोर्ट विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यो मुद्दामा उनीहरूको पनि नाम छ । नेपालमा राजनीतिक चलखेल गरेर ठेक्काको स्पेसिफिकेसनहरू बदल्दै ठेक्का दिलाउने काममा उनीहरूले कम्पनी प्रतिनिधिको रुपमा भूमिका खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्