काठमाडौं । स्वास्थ्य मन्त्रालयका विभिन्न आंगिक अस्पतालहरु उपकरणहरु खरिद गर्दा करोडौँ रुपैयाँको भ्रष्टाचार हुनु अव नौलो रहेन । स्वास्थ्य उपकरणहरु खरिद गर्ने र खरिद गराउने एउटा गिरोह नै वर्र्षौंवर्षदेखि शक्ति केन्द्रहरुमा सक्रिय रहेको छ ।

त्यो गिरोहले देशभरका सरकारी अस्पतालहरुमा सेटिङ गरेर स्वास्थ्य उपकरणहरु खरिद गर्ने गरेको मात्र होइन, मन्त्री र सचिव नियुक्तिमा समेत चलखेल गर्दै आएको छ । यो गिरोह मध्येका दुई व्यक्तिलाई अहिले अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरिसकेको छ । विशाल पण्डित र सुन्दर भूषाललाई विशेष अदालतले सजाय समेत गरेको अवस्थामा सिन्धुपाल्चोकको चौतारा अस्पतालमा पनि स्वास्थ्य उपकरण खरिदमा सेटिङ भइरहेको बुझिएको छ ।
चौतारा अस्पतालमा बायोमेडिकल वेस्ट म्यानेजमेन्ट सिस्टम, दुईवटा प्रविधिको टेन्डर खोलिएको थियो । एउटा माइक्रोवेभ एउटा फिक्सनल हिट, प्राविधिक विषयमा एउटा कम्पनीसँग मात्रै फिक्सनल हिटसँग मात्रै परामर्श तथा कोटेशन मागिएको, फिक्सनल हिटको वेब ट्रेडिङ र एडभान्स ट्रेडिङ एउटै कम्पनीलाई मात्रै टेन्डरमा आउने गरी स्पेक मिलाइएको थियो । त्यसमा एउटा मात्रै प्रणाली लागू हुनेगरी सामान खरिद गर्न लागिएको छ ।
भक्तपुर क्यान्सर अस्पतालमा सोही एडभान्स ट्रेडिङले टेन्डर पाएको गत आर्थिक वर्ष तर पछि मेसिन मेसिनमा समस्या र ठूलो आर्थिक चलखेल भएको भनी सम्झौता नगरी मेसिन त्यत्तिकै थन्काएर राखिएको छ ।
बानेश्वरस्थित सिभिल अस्पतालमा पनि यस्तै समस्या आउने मेसिन हप्तामा एक दिन मात्रै चल्ने गरेको छ । र जबकि चौतारा अस्पतालमा एउटा राम्रो स्तरीय ओटी एक्सरे मेसिनसमेत छैन । विशेषज्ञ डाक्टरहरूको अभाव छ । तर यो वेस्ट फोर भनेर फोर फोहोरको लागि भनेर दुई करोड ४० लाख बजेट हालेर दुरुपयोग गर्न खोजिएको स्रोतले बताएको छ ।














