काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण कार्य सुरु भएको छ ।

पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले प्रतिनिधिहरूलाई परिचयपत्र वितरण गरिरहेका छन् । परिचयपत्र वितरण सकिएपछि आज दिउँसो १ बजेदेखि बन्दसत्र सुरु गर्ने तयारी गरिएको छ । बन्दसत्रको बाँकी कार्यसूचीबारे छलफल भइरहेको छ ।
चितवनमा जारी महाधिवेशनमा देशभरबाट आएका करिब ४५ सय प्रतिनिधिहरूको सहभागिता रहेको छ । महाधिवेशन आइतबारदेखि भरतपुरमा जारी छ ।














