Logo
Logo

रास्वपाको नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत


16.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन नेताको नाम टुंगो लागेको छ ।

रास्वपा नेता समीक्षा बाँस्कोटाले पार्टी सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा बालेन शाह र उपसभापतिमा स्वर्णिम वाग्लेको नाम टुंगिएको जानकारी दिइन् ।

रवि, बालेन र स्वर्णिमका्े नाम सर्वसम्मत रुपमा नेतृत्वका लागि टुंगिसकेको र त्यसबाहेकका अरु पदमा स्वस्थ प्रतिस्पर्धा हुने उनले बताइन् ।

आइतबारदेखि चितवनमा सुरु भएको रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत सोमबारबाट हुने भनिएको बन्द सत्र अझै सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्