Logo
Logo

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना


0
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आज बिहान ब्रेकफास्ट खाँदा अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख रुपैयाँ जरिवाना तिराइएको छ ।

The current image has no alternative text. The file name is: sudan-gurung-5.jpg

गृहमन्त्रीले ब्रेकफास्ट खाँदा अम्लेटमा माछाको काँडा भेटिएको होटलमा अनुगमन गर्न जाँदा गुणस्तरहीन तेलको प्रयोग गरिएको र तरकारी ताजा नभएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरको एयरपोर्ट अगाडि रहेको होटल लर्ड्स बिजनेस कम्प्लेक्स प्रालिलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारीसहित खाद्य तथा गुणस्तर मापन कार्यालयको टोलीले होटलको अनुगमन गरेको थियो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने खाद्यान्न खुवाएकोले जरिवाना गरिएको एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्