Logo
Logo

रास्वपाले मधेशी जनतालाई धोखा दियो : सीके राउत


315
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनबाट प्रदेशसभा खारेजीको एजेण्डा पारित गर्नु बेइमानी भएको बताएका छन् ।   

The current image has no alternative text. The file name is: ck-raut1.jpg

राउतले कुनै पनि राजनीतिक दललाई आफ्नो विचार र एजेण्डा तय गर्ने स्वतन्त्रता भए पनि रास्वपाको पछिल्लो निर्णयले विगतमा मतदातासामु गरिएको प्रतिबद्धतामाथि प्रश्न उठाएको बताएका छन् ।   

 राउतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भोट माग्ने बेलामा मधेशी समुदायसँग नजिकिने, कुर्ता–गम्छा लगाउने, मधेशी भाषामा सम्बोधन गर्ने, प्रदेशलाई बलियो बनाउने र अधिकारका लागि काठमाडौं धाउन नपर्ने व्यवस्था गर्ने वाचा गर्ने, अनि अहिले आएर प्रदेशसभा खारेजीको एजेण्डा पारित गर्नु जनतामाथिको धोखा हो । ’  

उनले रास्वपाले मधेशका मतदाताबाट समर्थन प्राप्त गरेपछि प्रदेश संरचनाविरुद्ध उभिनु राम्रो नभएको बताएका हुन् । ‘मधेशको २१ जिल्लाका ७८ सीटमध्ये ७४ सीट जित्ने अनि अहिले आएर प्रदेश सभा खारेज गर्ने एजेण्डा पारित गर्न लगाउनु राजनैतिक बेइमानी हो, जनतासँग धोखा हो, खोलो तर्यो लौरो बिर्सियो भन्ने उखानको चरितार्थ हो,’ उनले भनेका छन् । 

उनले प्रदेश राख्ने तर प्रदेश सभा खारिज गर्ने प्रस्ताव निरङ्कुश पञ्चायती व्यवस्थाको अञ्चल र विकास क्षेत्र जस्तै रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्