Logo
Logo

काठमाडौंबाट २४ जना बंगलादेशी पक्राउ


756
Shares

काठमाडौं । सितापाइला, डल्लु लगायतका क्षेत्रबाट प्रहरीले २४ विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पासपोर्ट नभएका, पर्यटक भिसाको अवधि सकिएका २४ विदेशी नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

पक्राउ पर्नेहरु सबै बंगलादेशी नागरिक छन् । उनीहरू कपडा कारखानामा काम समेत गर्ने गरेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरूलाई अध्यागमन विभागमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्