Logo
Logo

रास्वपा महाधिवेशन : आफ्नै प्रतिद्वन्द्वीलाई भोट हाल्न बाध्य उम्मेदवार 


756
Shares

काठमाडौं । रास्वपाका प्रतिनिधि सभा सदस्य राजीव खत्रीले पार्टी महाधिवेशनमा ‘नो भोटको धज्जी’ उडाइएको टिप्पणी गरेका छन् । आफ्नै प्रतिद्वन्द्वीलाई पनि अनिवार्य भोट हाल्नुपर्ने स्थिति रहेको भन्दै उनले नो भोटको धज्जी उडाउने गरेर मतदान व्यवस्थापन गरिएको बताएका हुन् । 

The current image has no alternative text. The file name is: rasapa-11.jpg

रास्वपा सांसद समेत रहेका खत्रीले फेसबुकमा लेखेका छन्, ‘संसारमा यस्तो मतदान हुँदैन होला, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई अनिवार्य भोट दिनुपर्छ । नो भोटको धज्जी ।’

चितवनमा जारी पहिलो महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतदान व्यवस्थापनप्रति अन्य नेताहरुले पनि आपत्ति जनाएका छन् । 

केन्द्रीय सदस्यका उम्मेदवार यदु कुमार गिरीले पनि असन्तुष्टि जनाउँदै लेखेका छन्, ‘हामी नयाँहरूले आफ्नै प्रतिद्वन्द्वीलाई भोट हालेर चुनाउ लडियो ।’ रास्वपाका अर्का सांसद धनञ्जय रेग्मीले पनि महाधिवेशनमा देखिएको लथालिङ्गप्रति इङ्गित गर्दै पदाधिकारीले अन्तर्राष्ट्रिय जगतमा पार्टीको बेइज्जत गरेको टिप्पणी गरेका छन् ।

‘जुन हिसाबले मैले गर्वका साथ हाम्रो पार्टी भनिरहेको थिएँ, जुन पदाधिकारी छन्,’ स्याङ्जा १ बाट निर्वाचित सांसद रेग्मीले भने, ‘त्यसले (तिनले) अन्तर्राष्ट्रिय जगतमा राष्ट्रिय स्वतन्त्र पार्टीको बेइज्जत गरेका छन् ।’

नेतृत्वको विरुद्धमा बोल्न नहुने विषय बोलिरहेको भन्दै रेग्मीले अब आफू निर्वाचनमा पराजित हुने पनि आशङ्का व्यक्त गरे । ‘यत्ति भनेपछि मलाई थाहा छ, धेरैले मत दिन्नन् । म हारी नै हाल्छु,’ उनले भने, ‘यति बोल्नै नहुने थियो तर, बोली हालियो ।’
।’

प्रतिक्रिया दिनुहोस्