Logo
Logo

रास्वपा पदाधिकारीका लागि मतदानको तयारी


0
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रवार) मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रवार बिहान १० बजेबाट मतदान गर्ने तयारी भइरहेको हो । पहिलो चरणको निर्वाचन परिणाम सार्वजनिक भएपछि आयोगले दोस्रो चरणमा पदाधिकारी चयनका लागि मतदानको तयारी गरेको हो ।

The current image has no alternative text. The file name is: rasapa-12.jpg

एक जना खुला उपसभापति, एक जना महिला उपसभापति, एक जना खुला महामन्त्री, दुई जना खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुने भएको हो ।

पार्टीको विधानमा १९ जना पदाधिकारी रहने व्यवस्था छ । जसमध्ये रवि लामिछाने सभापतिमा निर्विरोध भइसकेका छन् । बाँकी रहेका १८ मध्ये वरिष्ठ नेतामा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मनोनीत हुने निश्चित छ ।

रास्वपामा उपसभापति तीन (खुला, महिला र मनोनीत एक–एक जना), महामन्त्री दुई (एक मनोनीत), सहमहामन्त्री पाँच (दुई खुला, एक महिला, दुई मनोनीत), प्रवक्ता एक (मनोनित), सहप्रवक्ता तीन (एक महिलासहित सबै मनोनीत) रहने वैधानिक व्यवस्था छ ।

यस्तै एक जना कोषाध्यक्ष र दुई जना सहकोषाध्यक्ष पनि समावेशी सिद्धान्तअनुसार मनोनीत गर्ने व्यवस्था रास्वपाले विधानमा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्