काठमाडौं । रास्वपाको सहमहामन्त्रीमा मिलन लिम्बुले उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उनले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।

चितवनमा जारी महाधिवेशनमा पदाधिकारीका लागि आज (शुक्रवार) मतदान हुँदै छ । आज शुक्रवार बिहान १० बजेबाट मतदान गर्ने तयारी भइरहेको हो । पहिलो चरणको निर्वाचन परिणाम सार्वजनिक भएपछि आयोगले दोस्रो चरणमा पदाधिकारी चयनका लागि मतदानको तयारी गरेको हो ।
एक जना खुला उपसभापति, एक जना महिला उपसभापति, एक जना खुला महामन्त्री, दुई जना खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुने भएको हो ।
पार्टीको विधानमा १९ जना पदाधिकारी रहने व्यवस्था छ । जसमध्ये रवि लामिछाने सभापतिमा निर्विरोध भइसकेका छन् । तिन दिनमा सम्पन्न गर्ने भनिएको महाधिवेशन ६ दिनसम्म लम्बिएको छ ।














