काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई शुक्रवार बिहानको चिया मात्र उपलब्ध गराइएको छ ।

व्यवस्थापनले आर्थिक स्रोतको अभाव देखाउँदै आज प्रतिनिधिहरूका लागि भोजनको व्यवस्था नगरेको जनाएको छ ।
असार ७ गतेदेखि जारी महाधिवेशन अझै सकिएको छैन । रास्वपाको ६ पदाधिकारीका लागि मतदान आज १० बजेदेखि गर्ने तयारी गरिएको छ। महाधिवेशन ढिलो हुँदा धेरै प्रतिनिधिहरू फर्की सकेका छन्।














